बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
प्रदेश

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहसहित मन्त्री र राज्यमन्त्रीले लिए शपथ

सोमबार, २१ साउन २०८१, १६ : २४
सोमबार, २१ साउन २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोमबार एक कार्यक्रमका बिच शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

त्यस्तै, प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट भएका मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले शपथ ग्रहण गरेका हुन् ।  

यस्तै कांग्रेसबाट आर्थिक मामिला मन्त्री बनेका बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का र नागरिक  उन्मुक्ति पार्टीबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले शपथ ग्रहण गरेका छन् ।  

त्यस्तै मुख्यमन्त्री शाहले एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी निर्मला साउँद, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

योसँगै मुख्यमन्त्री शाहको १० सदस्य मन्त्रीमण्डल बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप