पर्यटनमन्त्री पाण्डेले बनाए मन्त्रालयको एक महिने कार्यतालिका
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको एक महिने कार्यतालिका बनाएका छन् । सोमबार आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठक मार्फत मन्त्री पाण्डेले मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन् ।
उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरिय छलफल गर्नेगरी कार्यतालिका बनाएका छन् । मन्त्रालयले बोकेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको उनले बताए ।
आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरी तयारी गर्न समेत मन्त्री पाण्डेले सचिव र महाशाखा प्रमुखलाई निर्देशन दिएका छन् ।
सरकार र कर्मचारीबिचको सम्बन्ध मार्फत मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गर्दै मन्त्री पाण्डेले सोही अनुसार वातावरण बनाउन समेत सबैमा आग्रह गरे ।
मन्त्री पाण्डेले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई हतोत्साहित भन्दा पनि प्रोत्साहन र उत्प्रेरणा दिनु पर्नेमा जोड दिए । आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठोट समेत उनले व्यक्त व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
-
जीडीपी राष्ट्रवाद
-
अस्ट्रेलियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
-
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
बंगलादेशले स्कटल्यान्डलाई हरायो, अस्ट्रेलियाविरुद्धको खेलअघि नेपाललाई थोरै राहत
-
राजधानीको भोटेबहालबाट धनमाल चोरी भएको घटनामा चार जना पक्राउ