शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पहिलो एनआरएनए कपको उपाधि बीवाइएनसीलाई

सोमबार, २१ साउन २०८१, १६ : १४
सोमबार, २१ साउन २०८१

लन्डन । पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ । एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा गरेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसँगै दुई हजार पाउन्ड नगद र मेडल्स् प्राप्त गर्‍यो । रनरअप भएको प्लमस्टिड गनर्सले एक हजार पाउन्ड नगद र मेडल्स् प्राप्त गरेको छ । 

उता, भेट्रान विनर बन्यो ड्याडीज एफसी । उसले एक हजार पाउन्ड नगद र मेडल्स् प्राप्त गर्‍यो भने भेट्रान रनर अप भएको इन्टेक ०४ ले ५ सय पाउन्ड नगद र मेडल्स् पायो ।

नन भेट्रानतर्फ ७ गोल गरि हाइऐस्ट स्कोरर केल्भिन भए भने वेस्ट प्लेयर विशाल तामाङ बने । त्यसैगरि, भेट्रानतर्फ हाइऐस्ट स्कोरर कविर गुरुङ र वेस्ट प्लेयर खुम गुरुङ भए ।

प्रमुख अतिथि अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, प्लेटिनम प्रायोजक सी ५३ का निर्देशक अजय ठकुरी, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए आईसीसी सदस्यहरू कुमार थापा, रिचर्ड गुरुङ लगायतले विजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा नन भेट्रान २४ र भेट्रान १६ गरि कुल ४० टिमले प्रतिस्पर्धा गरेका थिए ।

बेलायतका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप