बंगलादेशमा इन्टरनेट सेवा सुचारु
सोमबार, २१ साउन २०८१, १५ : ४८

ढाका । बंगलादेशमा इन्टरनेट सेवा सुचारु भएको छ । सोमबार दिउँसो १ः२० बजेतिर इन्टरनेट सेवा पुनः सुचारु गरिएको इन्टरनेशनल इन्टरनेट गेटवे (आईआईएफ)का एक अधिकारीले बताएका छन् ।
विद्यार्थीहरूको विरोध प्रदर्शन चर्किएपछि सरकारले बिहान १०ः३० बजे इन्टरनेट सेवा बन्द गर्न आदेश दिएको थियो । फोरजी मोबाइल इन्टरनेट सेवा पनि खुलाइएको छ ।
देशभरको हिंसक आन्दोलनमा दर्जनौँ प्रदर्शनकारी विद्यार्थी र प्रहरीको मृत्यु भएपछि सोमबार सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै