सत्ता राजनीति
सुदूरपश्चिममा एमालेका तीन मन्त्री, एक राज्यमन्त्री
मन्त्रीहरुले आजै शपथ खाने
सोमबार, २१ साउन २०८१, १४ : ४६

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आजै मन्त्रिमण्डल गठन गर्ने भएका छन् । त्यसका लागि सत्ता साझेदार दलबाट मन्त्रीमा सहभागी गराउन नाम मागेका छन् । शाह नेतृत्वको सरकारमा नेकपा एमालेबाट तीन मन्त्री सहभागी हुने भएका छन् ।
एमालेले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ । एमालेको भागमा एक राज्यमन्त्री पनि परेको छ । सांसद सुरेन्द्रबहादुर पालका अनुसार दलको बैठकले मन्त्री बन्नेहरूको नाम टुङ्ग्याएको बताए ।
उनका अनुसार एमाले संसदीय दलले भौतिक पूर्वाधारमा सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापालाई पठाउने निर्णय गरेको छ ।
त्यस्तै राज्यमन्त्रीमा निर्मला साउदको नाम टुंगो लागेको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी