बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

सुदूरपश्चिममा कांग्रेसले आर्थिक र सामाजिक मन्त्रालय पाउँदै, को–को बन्दैछन् मन्त्री ?

सोमबार, २१ साउन २०८१, १४ : ४५
सोमबार, २१ साउन २०८१

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने भएको छ ।

सत्ता साझेदार दल नेकपा एमालेसँग भएको सहमति अनुसार कांग्रेसले ती दुई मन्त्रालय पाउने भएको हो ।

योसँगै कांग्रेसले सरकारमा जाने मन्त्रीहरूको नाम पनि टुंगो लगाएको छ । सोमबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुङ्ग्याएको हो ।

मुख्यमन्त्री कमल बहादुर शाहसहित कांग्रेसले आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिंह थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्कालाई पठाउने निर्णय गरेको हो ।

उनीहरूको सोमबार साढे ३ बजे मुख्यमन्त्री शाहसँगै शपथ ग्रहण हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप