सत्ता राजनीति
सुदूरपश्चिममा नाउपाबाट लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै
सोमबार, २१ साउन २०८१, १३ : ४१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा लक्ष्मणकिशोर चौधरीलाई पठाउने भएको छ । सोमबार बसेको संसदीय दलले सरकारमा पठाउने निर्णय गरेको लक्ष्मणकिशोरले रातोपाटीलाई बताए ।
‘सातवटा मन्त्रालयमध्ये हाम्रो भागमा एक मन्त्रालय परेको छ । संसदीय दल र पार्टीले सरकारमा मलाई पठाउने निर्णय गरेको छ । हाम्रो दाबी यसअघि पाएको सामाजिक विकास मन्त्रालय हो तर मुख्यमन्त्रीले वन तथा पर्यटन मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको सूचना आएको छ । सायद त्यही नै हुन्छ होला’, उनले भने ।
उनी शाह नेतृत्वको सरकारमा सामजिक विकासमन्त्री थिए । मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार