विस्फोटमा परी पुणेमा एक नेपाली कामदारको मृत्यु
सोमबार, २१ साउन २०८१, १३ : ०८
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा एक जना नेपाली कामदारको मृत्यु भएको छ । जिल्लाको माभल तालुकाको परान्दवाडीस्थित सवारी साधनको स्पेयर पार्ट्स बनाउने एक कारखानमा विस्फोटमा परेर २२ वर्षीय नेपाली युवकको जलेर मृत्यु भएको बताइएको छ ।
ती युवकको नाम अजय कुमार बजरंगी प्रसाद मौर्य भएको प्रहरीले बताएको छ । उनी कारखाना परिसरमै बस्थे ।
बिहीबार मौर्यले खाना पकाउन स्टोभ (चुल्हो) बाल्न केही केमिकल प्रयोग गरेका थिए । तर केमिकल पड्किएर उनको शरीर निकै जल्यो । तत्कालै उनलाई अस्पताल पुर्याएर शल्यक्रिया गरिएको भए पनि शनिबार जलेको घाउकै कारण उनको निधन भएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको छ । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ