आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘माइली’ को भद्रकाली मन्दिरमा गरियो शुभ–मुहूर्त

सोमबार, २१ साउन २०८१, १२ : ३४
सोमबार, २१ साउन २०८१

काठमाडौँ । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभ–मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको निर्देशन रहेको फिल्मको मुहूर्त फिल्मका कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो ।

फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा,आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ ।

 मुहूर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए । नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले फिल्मका लागि मुहूर्त सट दिएका थिए । फिल्ममा प्रियंका र कमला आमा छोरीको भूमिकामा देखिनेछन् ।

निर्देशक बलामीले फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, बलामीले भने ।

मंगलबारबाट छायाङ्कन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा खिचिनेछ । फिल्ममा शंकर अधिकारी ‘घायल’ को गीत र राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, समीर मियाँको सम्पादन रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप