सरकारले उठायो २० दिनमा ३० करोड राजस्व

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो २० दिनमा सरकारले ३० करोड रुपैयाँ राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन १ गतेदेखि २० गतेसम्ममा सरकारले कूल ३० करोड ८२ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
समीक्षा अवधिमा राजस्वतर्फ ३० करोड २८ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको सरकारले गैर–राजस्वतर्फ १ करोड ६१ लाख २१ हजार रुपैयाँ संकलन गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले खर्च गर्ने स्रोतको रुपमा राजस्वमार्फत १४ खर्ब ७१ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ । तथापि, कमजोर राजस्व संकलनका कारण अघिल्ला दुई वर्षको बजेट कार्यान्वयन निरन्तर घाटामा गएको थियो ।
आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनमा झण्डै ४ खर्ब रुपैयाँ बराबरको घाटा बेहोरेको सरकारले पछिल्लो वर्ष पनि ३ खर्ब ५२ अर्बको घाटा बेहोरेको छ । राजस्व संकलनलाई व्यवस्थिति गर्दै वृद्धि गर्ने तयारी गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै सरकारी निकायलाई कर प्रणाली व्यवस्थित गर्न निर्देशन दिएका छन् भने भन्सारहरुमा राजस्व चुहावटलाई नियन्त्रण गर्न निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप