बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गाडीमा करेन्ट लाग्दा ९ तीर्थयात्रीको मृत्यु

सोमबार, २१ साउन २०८१, १२ : ००
सोमबार, २१ साउन २०८१

बिहार । भारतको बिहार राज्यको वैशाली जिल्लामा करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् । यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा भएको हो । 

हाइटेन्सन लाइनका कारण यो दुर्घटना भएको बताइएको छ । करेन्ट लागेर ९ तीर्थयात्रीको मृत्यु भएको सदरका एसडीपीओ ओम प्रकाशले बिबिसी हिन्दीलाई बताएका छन् । घटना आइतबार राति १०ः४५ बजे आसपास भएको बताइएको छ । घाइते दुई जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । सुल्तानपुर गाउँ नजिकै तीर्थयात्रीहरू चढेको गाडीमा हाइटेन्सन तार खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप