कृषि विकास बैंकको नाफा १७६ प्रतिशतले बढ्यो

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष जम्मा १ अर्ब ३२ करोड नाफा कमाएको बैंकले एकैवर्ष १७६ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो ।
खासगरी आर्थिक वर्षमा बैंकको वित्तीय कारोबारमा खुद ब्याज आम्दानी बढ्नुका साथै सञ्चालन नाफा लगायत खराब कर्जा असुलीमा बैंकले देखाएको सक्रियताका कारण आर्थिक वर्षमा बैंकको आम्दानीमा तीव्रता आएको देखिन्छ ।
अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानीजम्मा ८ अर्ब १९ करोड रहेकोमा गत वर्षमा १० अर्ब १२ करोड रुपैयाँ पुगेको बैंकको रिपोर्टले देखाएको छ । यता खराब कर्जाको दर कम भएसँगै बैंकले आर्थिक वर्षमा लोन लस प्रोभिजनमा जम्मा १ अर्ब २३ करोड रुपैयाँ मात्र छुट्याएको छ ।
तथापि, अघिल्लो आर्थिक वर्ष २.७८ प्रतिशत रहेकोमा यस्तो खराब कर्जा पछिल्लो वर्ष बढेर ३.४४ प्रतिशत पुगेको बैंकले जनाएको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तो आम्दानी पहिले ७ रुपैयाँ ४२ पैसा थियो ।
यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ रहेको बैंकले असार मसान्तसम्म २ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा प्रवाह १४ प्रतिशत बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट मण्डलमा तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव
-
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे माफी
-
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
-
एसईई अवधिभर कार्यक्रम नगर्ने दुर्गेशको घोषणा
-
‘प्रदेशको आफ्नै प्रहरी सङ्गठन र कर्मचारी संरचना हुनुपर्छ’