दुई खेलाडीबिच यस्तो प्रतिस्पर्धा : विजेता पत्ता लगाउन ‘फोटो फिनिस क्यामरा’ प्रयोग
काठमाडौँ । ओलम्पिकजस्ता ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा एथलेटिक्सको एक सय मिटर दौडमा धेरैको आँखा केन्द्रित हुन्छ । आखिर, विश्वको सबैभन्दा तीव्र गतिको पुरुष र महिला को हुन् त ? अधिकांश खेलकुदको चासोको विषय बन्न पुग्छ ।
फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद यसको टुङ्गो लागेको छ । धेरैको अनुमान अनुरूप नै चर्चित अमेरिकी धावक नोआ लायन्सले एक सय मिटर दौडको स्वर्ण पदक चुमेका छन् । २७ वर्षीय नोआ प्रभावशाली जमैकन प्रतिद्वन्द्वी किशाने थम्पसनलाई थोरै अन्तरले पछि पारे ।
अमेरिकी धावक नोआ र जमैकन धावक थम्पसनबिचको अन्तर एक सेकेन्डभन्दा पनि निकै कम रहेको थियो । फिटो फिनिस क्यामराले मात्र यी दुई खेलाडीबिचको दुरीलाई छुट्याएको थियो । यी दुवै धावकले ९.७९ सेकेन्डमै निर्धारित दुरी पुरा गरेका थिए ।
फोटो फिनिस क्यामराको मद्दतले हेर्दा, नोआले ९.७८४ सेकेन्डमा र थम्पसनले ९.७८९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । सामान्य घडीको प्रयोग गरेर मानवीय आँखाले यी दुई खेलाडीबिचको अन्तर छुट्याउनु सम्भव थिएन । एक सेकेन्डलाई पाँच हजार भागमा विभाजन गर्दा जुन अङ्क आउँछ त्यही अन्तरले नोआले थम्पसनलाई पछाडि परेका थिए ।
दौडको आधा दुरी पार गरिसकेपछि मात्र नोआ आफ्ना जमैकन प्रतिद्वन्द्वीभन्दा थोरै अन्तरले अगाडि बढेका थिए । त्यो स्पर्धामा अर्का अमेरिकी धावक फ्रेड केर्लीले कांस्य पदक हात पारे । उनले निर्धारित दुरी पार गर्न ९.८१ सेकेन्ड समय खर्चिएका थिए ।
जारी ओलम्पिकमा महिला एकलतर्फको स्वर्ण पदक भने सेन्ट लुसियाकी खेलाडी जुलियन अल्फ्रेडले जितेकी थिइन् । २३ वर्षीया अल्फ्रेड सेन्ट लुसियाका लागि ओलम्पिकमा पदक जित्ने पहिलो खेलाडी पनि बनिन् ।
अल्फ्रेडले चर्चित अमेरिकी धाविका शा’कारी रिचर्डसन र मेलिसा जेफर्सनलाई पछि पार्दैउपाधि चुमेकी हुन् । उनले निर्धारित दुरी १०.७२ सेकेन्डमा पुरा गरेकी थिइन् । यो उपलब्धिसँगै उनी इतिहासकै आठौँ सर्वाधिक तीव्र गतिकी महिला पनि बनेकी थिइन् ।
उक्त स्पर्धामा अमेरिकी धाविक रिचर्डसनले निर्धारित दुरी पार गर्न १०.८७ सेकेन्ड समय खर्चिइन् । कांस्य पदक जित्ने अर्की अमेरिकी धाविका जेफर्सनले भने १०.९२ सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशी मन्त्रिपरिषद्बाट १३ वटा निर्णय
-
मिसिङ : केटी हराएको सूचना’को आज प्रिमियर, तस्बिरहरू
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा