प्रधानमन्त्रीले फास्ट ट्रयाकको स्थलगत निरीक्षण गर्ने
सोमबार, २१ साउन २०८१, १० : २१
-kp-oli_jIERIh827O.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण अवलोकन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंकाअनुसार प्रधानमन्त्री सोमबार हेटौँडासम्म पुग्ने कार्यक्रम रहेको छ । ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम छ।
त्यसका लागि प्रधानमन्त्रीसहितको टोली त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई
-
फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने
-
बाराक ओबामासँग सम्बन्ध विच्छेदको अफवाहमा के भन्छिन् मिसेल ?
-
कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा
-
बारमा विजयी बने विजय, तस्बिरहरू
-
शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल