कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले शनिबार नै प्रदेश सभामा पत्र दर्ता गराइसकेका छन् ।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते विश्वासको मत लिएका थिए । त्यो बेला उनलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले मत दिएको थियो ।
साउन १७ मा केन्द्रमा बदलिएको सत्ता समीकरणसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कँडेलले पुनः विश्वासको मत लिन लागेका हुन् । अहिले यहाँ एमाले–कांग्रेसबिच सत्ता समीकरण बनेको छ । आइतबार मात्रै नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ ।
४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १० र कांग्रेसको १५ सांसद रहेका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा रहेसँगै १४ जना सांसदले मुख्यमन्त्रीलाई मत दिनेछन् । यस्तै यहाँ एकीकृत समाजवादी र राप्रपाको १/१ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला, दलित, भूमिहीनको हक अधिकार सुनिश्चित हुने गरी नीति तथा कार्यक्रम ल्याउन निर्देशन
-
'सी र ट्रम्पबिच फोनमा कुनै कुरा भएको छैन'
-
संसदीय समितिद्वारा सरकारलाई नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण
-
'सरकारले रवीन्द्र मिश्रमाथि गरेको दुर्व्यवहार निन्दनीय'
-
हरिभक्त बुढाथोकीको ‘दुरी मलाई हुनु छैन’ सार्वजनिक
-
आन्दोलन थप चर्काउने शिक्षकहरूको चेतावनी, आज पनि वार्ताको तयारी