बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित

सोमबार, २१ साउन २०८१, ०६ : १९
सोमबार, २१ साउन २०८१

ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टोलीले सातौँ खेलमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा भ्यानकुभर नाइट्सले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले हराएको हो ।

१ सय १० रनको झिनो लक्ष्य भ्यानकुभरले ८ बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । भ्यानकुभरका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलको इनिङ्समा ४ चौका र २ छक्का हिर्काए ।

कप्तान उसमान ख्वाजाले ३१ रनको योगदान दिए भने रिची बेरिङटनले १७ रन जोडे । ऐरी ब्याटिङमा आए पनि रन जोड्न अघि नै भ्यानकुभरले खेल जितेको थियो ।

यसअघि मोन्ट्रेयाल १९.२ ओभरमा १ सय ९ रनमा अलआउट भएको थियो । खेलमा प्लेयर अफ द म्याच घोषित मोहम्मद आमिरले ३ विकेट लिए । सन्दीपले ३.२ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर २ विकेट लिए । 

भ्यानकुभरका लागि ड्वेन प्रेटोरियस र हर्ष ठाकुरले पनि २–२ विकेट लिए । ७ खेलपछि ३ अङ्क बटुल्दै भ्यानकुभर अङ्क तालिकाको पुछारमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप