बिर्तामोड घटनाबारे प्रभु बैंकले के भन्यो ?

काठमाडौँ । प्रभु बैंक लि.को झापा जिल्लास्थित बिर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको विषय यति बेला चर्चाको केन्द्रमा रहेको छ । उक्त शाखा कार्यालयका निक्षेपकर्ता मञ्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेस गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नपाइएको हो ।
बैंकका अनुसार यसबारे जानकारी प्राप्त हुनासाथ आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको ब्यहोरा प्रारम्भिक रूपमा देखिन आएको छ । यस सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीमाथि कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको बैंकले स्पष्ट पारेको छ ।
बैंकको कोशी प्रदेश प्रमुख बद्री कुमार कटवालले भनेका छन्, ‘आवश्यक छानबिन तथा प्रचलित कानुन बमोजिमको कारबाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)