बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेश : सरकारविरोधी प्रदर्शनमा ७० जनाभन्दा बढीको मृत्यु, देशभर कर्फ्यु

आइतबार, २० साउन २०८१, २२ : ०५
आइतबार, २० साउन २०८१

ढाका । बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबिच बढ्दो झडपमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । बंगलादेशका विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन्। विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन माग गर्दै सविनय अवज्ञा आन्दोलनको घोषणा गरेका हुन् । 

प्रहरीका अनुसार सिराजगञ्ज जिल्लाको एक प्रहरी चौकीमा हजारौँ मानिसले आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको थियो । बंगलादेशमा गत महिनादेखि सरकारी जागिरमा कोटा खारेज गर्न माग गर्दै विद्यार्थी आन्दोलन भइरहेको थियो । तर अहिले यो व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको छ । 

आइतबार देशका विभिन्न भागमा यस्ता विरोध प्रदर्शन भएका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गरेको थियो । यसका साथै देशमा रात्रि कर्फ्यु पनि लगाइएको छ । यी प्रदर्शनमा अहिलेसम्म करिब २ सय जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार आइतबार राति ६ बजेदेखि देशभर कर्फ्यु लागू गरिएको छ । राजधानी ढाकामा अहिले मोबाइल इन्टरनेट बन्द गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप