लुम्बिनी विकास कोष र सांस्कृतिक नगरपालिका जनप्रतिनिधिबिच छलफल

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी सम्पदाका सम्बन्धमा लुम्बिनी विकास कोषले लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेको छ । आइतबार कोषका पदाधिकारीले नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्षहरु, विभिन्न विहारका प्रतिनिधि, बौद्ध भिक्षुहरूसहितको उपस्थितिमा छलफल गरेको हो ।
छलफलमा बुद्ध जन्मस्थल लुम्बिनी पुरातात्त्विक, धार्मिक र सांस्कृतिकले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबिच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने बताउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाहरूको साथ र सहयोग आवश्यक हुने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरूले लुम्बिनीलाई शान्ति स्थलका रूपमा विकास गर्न सहयोग गर्नुपर्ने बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्ध जन्मस्थल लुम्बिनी नेपालको अमूल्य सम्पत्ति रहेको बताउँदै कोष र स्थानीय सरकारबिच सहकार्यको वातावरण बढाउनुपर्ने बताइन् । उनले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याइँ गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयहरूको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिइन् ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचिकृत भएको स्थल र विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँको विषयमा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।
उस्तै विहारहरूका प्रतिनिधिले आफूहरूले धर्मशाला सञ्चालन गरिरहेपनि होटलका रूपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीहरूले गुनासो गरेकोमा दुःख व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?