समाचार
कालोपुलमा युवक मृत फेला, पत्नीसहित दुईजना पक्राउ
आइतबार, २० साउन २०८१, १९ : ००

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित कालोपुलमा २० वर्षीय युवक मृत भेटिएका छन् । कालोपुलमा डेरामा बस्ने २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा भेटिएका हुन् ।
घटना अनुसन्धानको लागि उनकी पत्नी २४ वर्षीय उषा नेपाली र अर्का युवक २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
मृतक कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा डेरा लिएर बस्दै आएका थिए । उनी ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका स्थानीय हुन । पक्राउ परेका युवक एउटै गाउँका हुन् ।
युवकको हत्याको आशंकामा दुईजनालाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । चोट लागेको र झुण्डीएको अवस्थामा भेटिएको दर्जीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
-
बार निर्वाचन अपडेट : ११६० मत गणना हुँदा क-कसको अग्रता ? (सूचीसहित)
-
योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक
-
दुई अटो ट्रेडर्सलाई विभागको कारबाही, तीन वटाको कारबाही फुकुवा
-
काठमाडौंमा भोलि राप्रपा, शिक्षक र सहकारी पीडितले प्रदर्शन गर्दै, कहाँ-कहाँ हुँदैछ सवारी आवागमन प्रभावित ?