बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मध्यपूर्वमा तनाव बढेपछि अमेरिका लगायतका देशद्वारा आफ्ना नागरिकलाई लेबनान छाड्न आह्वान

आइतबार, २० साउन २०८१, १७ : ४८
आइतबार, २० साउन २०८१

बेरुत । मध्यपूर्वमा तनाव बढिरहेको छ । यसैबिच तनाव बढेर स्थितिले उग्ररुप लिने भयबिच थुप्रै देशले आफ्ना नागरिकलाई लेबनान छाड्न भनिरहेका छन् । यो सूचीमा अमेरिका, बेलायत र फ्रान्स समेत कयौँ देशहरू छन् ।

इजरायलले तेहरानमा हमासका नेता इस्माली हानियाको हत्या गरेपछि इरानले सोको प्रतिकार गर्ने अनि मध्यपूर्वमा हिंसा र तनाव बढ्ने देखिएको छ । यस्तोमा देशहरूले आ–आफ्ना नागरिकलाई सकेसम्म छिट्टै लेबनान छाड्न भनिरहेका छन् ।

अमेरिका र अन्य पश्चिमी देशहरूको मध्यपूर्वमा द्वन्द्व घटाउने कूटनीति प्रयास गरिरहेका छन् । तर त्यहाँ द्वन्द्व भड्किने आशङ्का देखेर अमेरिका, बेलायत, स्वीडेन, फ्रान्स, क्यानडा र जोर्डनले सकेसम्म छिट्टै लेबनान छाड्न आ–आफ्ना नागरिकलाई अनुरोध गरेका छन् । यसैबिच बेरुतको एक मात्रै व्यावसायिक विमानस्थलमा उडान रद्द वा स्थगन भइरहेका छन् । सीमित उडानको टिकट भाडा बढेको छ । 

हमासले गएको अक्टोबर ७ मा गाजामा प्यालेष्टाइनीहरूको समर्थनमा इजरायलमा आक्रमण गरेको भोलिपल्टदेखि नै लेबनानमा हिंसा भड्कने भय बढेको छ । अहिलेसम्म अधिकांश हिंसा सीमावर्ती क्षेत्रमा भएका छन् । बेरुतको दक्षिणी क्षेत्रस्थित आफ्नो बलियो गढ दहियामा आफ्ना वरिष्ठ कमान्डर फाउद शुक्ररको हत्याको बदला लिने कसम हमासले खाएको छ ।

सोको प्रतिकारमा आइतबार हेजबुल्लाहले उत्तरी इजरायलको बेइत हिलेल सहरमा दर्जनौँ रकेट प्रहार गरेको थियो । इजरायलको हवाई बलले पनि सोको प्रतिकारमा दक्षिणी लेबनानमा हमला गरेको थियो । आइतबार अर्को घटनामा इजरायली सहर होलोनमा चक्कु आक्रमणमा दुई जना मारिएका छन् । इरान र इजरायलबिच युद्धै छेडियो भने यसको असर पूरा विश्वमा पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप