नयाँ प्रशिक्षक पाएको लिभरपुलले सजिलै हरायो म्यानचेस्टर युनाइटेडलाई

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि चर्चित क्लबहरू अमेरिका भ्रमणमा छन् । अमेरिका भ्रमणका क्रममा खेलिएको आफ्नो पछिल्लो मैत्रीपूर्ण खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलको फराकिलो अन्तरले हराएको छ ।
योसँगै लिभरपुलले अमेरिका भ्रमणका क्रममा खेलिएको तीनवटा खेलमा शतप्रतिशत नतिजा निकालेको छ । कोलम्बियामा खेलिएको आफ्नो पछिल्लो खेलमा लिभरपुलले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई खेल अवधिभर दबाबमा राखेको थियो ।
७७ हजार पाँच सयभन्दा बढी दर्शकमाझ खेलिएको उक्त खेलमा लिभरपुलले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । लिभरपुलका लागि पहिलो गोल निर्धारित समयको १०औँ मिनेटमा फाबियो कार्भाल्होले गरेका थिए ।
निर्धारित समयको ३६औँ मिनेटमा लिभरपुलका लागि कर्टिस जोन्सले दोस्रो गोल थपेका थिए । उनले इजिप्टका प्रभावशाली स्ट्राइकर मोहमद सलाहको क्रसमा त्यो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमै लिभरपुलले २–० को अग्रता लिएको थियो ।
लिभरपुलका लागि तेस्रो गोल भने निर्धारित समयको ६१औँ मिनेटमा कोन्स्टान्टिनोस सिमिकासले गरेका थिए । नयाँ सिजनको प्रिमियर लिग सुरु हुनुअघि लिभरपुलले नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
लिरभपुलले यसअघि अगस्त १ तारिखमा खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी आर्सनललाई २–१ गोलले पराजित गरेको थियो । त्यसअघि जुलाई २७ तारिखमा खेलिएको खेलमा लिभरपुलले रियल बेटिसलाई १–० गोलले पराजित गरेको थियो ।
इङ्लिस प्रिमियर लिगको नयाँ सिजन अगस्त १७ तारिखमा सुरु हुँदैछ । लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो पहिलो खेल १७ तारिखमा इप्सविचसँग खेल्नेछ । इप्सविच भर्खरै माथिल्लो डिभिजनमा उक्लिएको क्लब हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण