सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा
आइतबार, २० साउन २०८१, १५ : ४२

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समानुपातिक र समावेशी प्रतिनिधित्व कमजोर बनाउने तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई निषेध गरी सीमित दलहरूको सिण्डिकेट खडा गर्ने षडयन्त्र अधिनायकवादी सोच भएको बताएका छन् ।
समानुपातिक र समावेशितालाई नजरअन्दाज गरिए सह्यै नहुने थापाको भनाई छ ।
आइतबार पार्टीको काठमाडौँ–४ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अन्य बिचार र भावनालाई कुण्ठित गर्ने प्रयास सर्वसत्तावादी र अधिनायकवादी सोच भएको टिप्पणी गरे ।
लोकतन्त्रको खोल ओढेर लोकतन्त्रकै गला निमोठ्न खोज्नु लज्जास्पद भएको भन्दै थापाले मुलुकलाई हिडाइएको मार्गचित्र गलत भएको दाबी गरे ।
‘यो बाटोबाट देश बनाउन र बचाउन गाह्रो भयो, अब मार्ग परिवर्तन गरौँ’, थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलको कृषि उपजका सटर टेन्डर तत्काल खोल्न व्यवसायीको माग
-
परराष्ट्रमन्त्री देउवासँग बिमस्टेकका महासचिवको भेट
-
चैत १५ को हिंसात्मक घटनाको सन्दर्भमा नेवाः समुदायको सामुहिक विज्ञप्ति
-
दलहरूको स्वार्थले बन्धक बन्यो बागमती प्रदेशसभा
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स