बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा

आइतबार, २० साउन २०८१, १५ : ४२
आइतबार, २० साउन २०८१

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समानुपातिक र समावेशी प्रतिनिधित्व कमजोर बनाउने तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई निषेध गरी सीमित दलहरूको सिण्डिकेट खडा गर्ने षडयन्त्र अधिनायकवादी सोच भएको बताएका छन् । 

समानुपातिक र समावेशितालाई नजरअन्दाज गरिए सह्यै नहुने थापाको भनाई छ । 

आइतबार पार्टीको काठमाडौँ–४ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अन्य बिचार र भावनालाई कुण्ठित गर्ने प्रयास  सर्वसत्तावादी र अधिनायकवादी सोच भएको टिप्पणी गरे । 

लोकतन्त्रको खोल ओढेर लोकतन्त्रकै गला निमोठ्न खोज्नु लज्जास्पद भएको भन्दै थापाले मुलुकलाई हिडाइएको मार्गचित्र गलत भएको दाबी गरे । 

‘यो बाटोबाट देश बनाउन र बचाउन गाह्रो भयो, अब मार्ग परिवर्तन गरौँ’, थापाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप