युरोपेली संघ–नेपाल सम्बन्धका ५० वर्ष, तस्बिरहरु
आइतबार, २० साउन २०८१, १५ : ०४
![युरोपेली संघ–नेपाल सम्बन्धका ५० वर्ष, तस्बिरहरु](https://npcdn.ratopati.com/media/news/kala_CDbfCUYxMw.jpg)
काठमाडौँ । युरोपेली संघ र नेपालबिचको सम्बन्ध ५० वर्ष पूरा भएको छ । यस अवसरमा युरोपेली संघको नेपाल प्रतिनिधिमण्डलले चार जना नेपाली फोटोग्राफरहरूका फोटोहरू नेपाल कला परिषद्, बबरमहलमा प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीले नेपालको शिक्षा, स्वास्थ्य, दिगो विकास र सांस्कृतिक सम्बन्धमा युरोपेली संघको योगदानलाई जोड दिएको छ । यसले जनस्तरको प्रबल सम्बन्धलाई उजागर गर्दै अतीतका उपलब्धिहरूको उत्सव मनाउँदै भविष्यका सहकार्यलाई प्रेरित गर्ने प्रतिनिधिमण्डलको विश्वास छ ।
फोटोग्राफरहरूले परामर्शदाताहरूको मार्गदर्शनमा नेपालभर यात्रा गरी आफ्नो कथाहरू अभिव्यक्त गरेका छन् । एक जना फोटोग्राफरले युरोपेली संघ नेपाल सम्बन्धलाई उत्कृष्ट रूपमा चित्रण गरेबापत पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह