मध्य प्रदेशमा मन्दिर परिसरको पर्खाल भत्किएर किचिँदा ९ बालबालिकाको मृत्यु

मध्य प्रदेश । मध्य प्रदेशको सागर जिल्लाको शाहपुरमा मुसलधारे वर्षापछि मन्दिर परिसरको जर्जर भवनको एकापट्टिको पर्खाल भत्किएर किचिँदा नौ जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण पर्खाल भत्किएर सो यो दुर्घटना भएको बताइएको छ ।
घटना बिहान साढे आठ बजे भएको बताइएको छ । घटनाको जानकारी पाउनासाथ नगर प्रशासन र नगरपालिकाको टोलीले घटनास्थलमा पुगेर सर्वसाधारणको सहयोगमा भग्नावशेष हटाएका थिए ।
घटनाको समयमा ती बालबालिकाहरू मन्दिर परिसरमा रहेको टेन्टमा खेलिरहेका थिए । दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । बाँकी बालबालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो । हालसम्म ९ बालबालिकाको मृत्यु भइसकेको छ ।
यस घटनामा घाइते भएका अन्य दुई बालबालिका सकुशल रहेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताइएको छ । मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जालमा ट्विट गर्दै यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारलाई चार/चार लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप
-
ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू