बिहे गर्दैछन् करण–तेजस्वी ?
आइतबार, २० साउन २०८१, १२ : २०
![बिहे गर्दैछन् करण–तेजस्वी ?](https://npcdn.ratopati.com/media/news/capture33_8nMGXEkeLi.jpg)
नयाँ दिल्ली । भारतीय टिभी जगतको चर्चित जोडी हुन् तेजस्वी प्रकाश र करण कुन्द्रा । दुवै बिग बोस १५ का कन्टेष्टेन्ट थिए । यही शो सकिएपछि दुवैले आफ्नो प्रेम सम्बन्धको पुष्टि गरेका थिए ।
पछिल्लो केही महिनादेखि यिनीहरूको ब्रेकअप र बिहेको चर्चा निकै प्रायः सुन्नमा आएको छ । यतिबेला भने यो जोडीले छिट्टै बिहे गर्न लागेको खबर आएको छ । सार्वजनिक समारोह, पार्टी होस् वा घुमफिर तेजस्वी र करण प्रायः सँगसँगै देखिन्छन् ।
यसैबिच बिग बोस ओटीटी ३ की प्रतिस्पर्धी मनिषा खतवानीले करण र तेजस्वीको विवाहको भविष्यवाणी गरेकी छिन् । ट्यारो कार्ड रिडर मनिषा खतवानीले टाइम्स नाउसँगको विशेष कुराकानीमा उनीहरुले अर्को वर्ष बिहे गर्ने बताएकी हुन् ।
दुवैले विवाहको तयारी सुरु गरेको उनको भनाई छ । तर तेजस्वी र करणले भने आफ्नो बिहेको आधिकारिक पुष्टि गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
-
२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन
-
केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल
-
आगलागीपछि खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु
-
धनुषाधामप्रति श्रद्धालुका अनेक विश्वास