नयाँ गठबन्धन सरकार बनेसँगै जनतामा आशा पलाएको छ : महेश बस्नेत

भक्तपुर । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् । यहाँ आज उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको बताए ।
एमाले भक्तपुर इञ्चार्जसमेत रहेका नेता बस्नेतले धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाए । उनले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच