तत्कालै लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको अनुरोध

बेरुत । लेबनानको बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न अनुरोध गरेको छ । मध्यपूर्वमा तनाव बढिरहेको समयमा दूतावासले उपलब्ध जुनसुकै टिकटमा लेबनान छाडिहाल्न भनेको छ ।
बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरानले इजरायलसँग कडा प्रतिकार गर्ने कशम खाएको छ । बेरुतमा हेजबुल्लाहका कमान्ड फाउद शुकर मारिएको केही घण्टामै हनियाको हत्या भएको थियो ।
लेबनानमा रहेको हेजबुल्लाहले यी हत्याको प्रतिकारमा ठुलो भूमिका खेल्न सक्ने र इजरायलले पनि गम्भीरतापूर्वक यसको जवाफी हमला गर्न सक्ने आशङ्का भड्किएको छ । स्थानीय समयअनुसार आइतबार मध्यरातमा हेजबुल्लाहले उत्तरी इजरायलको बेइत हिलेल सहरमा दर्जनौँ रकेट लन्च गरेको थियो ।
मध्य पूर्वमा हिंसा भड्किरहँदा जोर्डन, क्यानडा लगायत देशहरूले पनि आ–आफ्ना नागरिकलाई लेबनानको भ्रमण नगर्न चेतावनी दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको दबाब थेग्न नसकेर त्रिविबाट राजीनामा
-
एसएलसीको नक्कली सर्टिफिकेट बनाई प्रहरीमा जागिर, असईविरुद्ध मुद्दा दायर
-
स्थानीयको अवरोधले १५ दिनदेखि नागढुङ्गा सुरुङ मार्गमा निर्माण ठप्प
-
गणतन्त्रमाथि आक्रमण हुन थाल्यो, पत्रकारले संरक्षण गर्नुपर्छ– ऊर्जामन्त्री खड्का
-
नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह
-
सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन