बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

आइतबार, २० साउन २०८१, ०८ : ३१
आइतबार, २० साउन २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको समय आज सकिँदै छ । गत शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५:०० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । 

मुख्यमन्त्री कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आह्वान गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप