बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सन्दीप र दीपेन्द्रको टोली रोहितको टोलीसँग पराजित

आइतबार, २० साउन २०८१, ०६ : ५५
आइतबार, २० साउन २०८१

ब्राम्पटन । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको टोली भ्यानकुभर नाइट्स नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको टोली टोरोन्टो नेसनल्ससँग पराजित भएको छ । ग्लोबल टी–२० क्यानडा २०२४ अन्तर्गत शनिबार भएको खेलमा टोरोन्टो १९ रनले विजयी भएको हो ।

टोरोन्टोले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य पछ्याउँदा भ्यानकुभर १८.५ ओभरमा १ सय ८ रन बनाउँदै अलआउट बन्न पुग्यो । टोलीका लागि रिची बेरिङटनले सर्वाधिक ५२ रन बनाए ।

खेलमा दीपेन्द्रले खासै कमाल गर्न सकेनन् । उनी १२ बलमा १३ रन जोड्दै पभिलियन फर्कन बाध्य भए । सन्दीप पनि ३ बल सामना गर्दै शून्य रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । कप्तान रोहित भने सुरुवात ११ मा अटाउन सकेनन् ।

बलिङमा सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले २ ओभर बलिङ गरेका थिए । उनले १६ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

भ्यानकुभर ६ खेलपछि अझै जितविहीन रहेको छ । मात्र १ अङ्कसहित टोली अङ्कतालिकामा पुछारमा छ । उता, टोरोन्टो ६ खेलबाट ७ अङ्क बटुल्दै दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप