माओवादी उपाध्यक्ष पम्फा भुसाल र पोलिटब्युरो सदस्य ओम शर्मा कोरिया आउँदै

कोरिया । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा प्रवास प्रदेश इन्चार्ज पम्फा भुसाल कोरिया आउने भएकी छन् । सो पार्टीको प्रवास सङ्गठन जनप्रगतिशील मञ्च कोरियाको छैटौँ अधिवेशनमा सहभागी हुन उपाध्यक्ष भुसाल कोरिया आउने भएकी हुन् । भुसालसँगै पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सह–इन्चार्ज ओम शर्मा पनि कोरिया आउने जनाइएको छ ।
अगस्ट १८ मा कोरियाको राजधानी सोलमा जन प्रगतिशील मञ्चको आठौँ अधिवेशन हुँदैछ । अधिवेशनमा प्रमुख अतिथिको रूपमा भुसाल र विशेष अतिथिको रूपमा शर्मा रहने छन् । कार्यक्रमको पूर्व सन्ध्यामा जनप्रगतिशील मञ्च कोरियाका संगठित सदस्यहरूबिच प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम समेत हुने जनाएको छ ।
मञ्चले केही समय अगाडिदेखि नै क्षेत्रीय सङ्गठनहरूको अधिवेशन सम्पन्न गरेर राष्ट्रिय अधिवेशनको तयारी थालेको थियो । कोरियामा विगत लामो समयदेखि स्थापित रहेको जनप्रगतिशील मञ्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरूमा सहकार्य गर्दै आइरहेको सङ्गठन हो । कोरियामा हाल १ हजारको आसपासमा माओवादी सङ्गठित र समर्थित सदस्य रहेको सङ्गठनले जनाएको छ ।
मञ्चले आफ्नो अधिवेशनमा कोरिया रहेका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक सङ्घ–संस्थाका पदाधिकारीहरू, विभिन्न क्षेत्रीय सङ्घ– संस्थाका पदाधिकारीकारी, समाजसेवी तथा बुद्धिजीवी, विद्यार्थी, पत्रकार लगायत सम्पूर्ण शुभचिन्तकलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व