लालबन्दीमा बेपत्ता पुरुष मृत फेला
![लालबन्दीमा बेपत्ता पुरुष मृत फेला](https://rpcdn.ratopati.com/media/albums/sarlahi_XXpXNaJDcD.jpg)
बरहथवा । सर्लाहीको लालबन्दी नगरपालिकास्थित साझेदारी वन क्षेत्रमा बेपत्ता एक पुरुष मृत फेला परेका छन् । आज लालबन्दी नगरपालिका–७, स्थित घिसिङ टोल बस्ने ६१ वर्षीय खिलराज खड्का वनमा मृत फेला परेका हुन् ।
शुक्रबार घाँस लिन भनेर साइकल लिएर हिँडेका उनी अबेरसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई खोजतलासका लागि राति अबेर खबर गरेका थिए । खोजीकै क्रममा लालबन्दी नगरपालिका–८ स्थित साझेदारी वन मा आज खड्कालाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले शव नजिकै घाँस बाँधेको साइकल, झोलामा पोको पारेको घाँस काट्ने कचिया, खुकुरी र पानी खाने बोतल फेला पारेको छ । खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
शव शवपरीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
-
सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी
-
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत