बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
नयाँ सरकार

गण्डकीमा मन्त्रालय नथप्ने एमालेको अडान

शनिबार, १९ साउन २०८१, १८ : ४६
शनिबार, १९ साउन २०८१

पोखरा । केन्द्रीय राजनीतिक समीकरण फेरिएपछि प्रदेशहरूमा पनि सरकार फेरबदलको क्रम सुरु भएको छ । गण्डकीमा यसअघि नै नेकपा एमाले  र  नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार ढालेर बल्लतल्ल बहुमत जुटाएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व गरेका छन् । 

अहिले कांग्रेस र एमालेको गठबन्धन बनेको छ । तर यहाँ एमालेबाट सरकारमा प्रतिनिधित्वको मोडालिटी तयार भैसकेको छैन ।

एमाले मिसिएपछि मन्त्रालयको सङ्ख्या बढाउने योजनामा पाण्डे छन् । एमाले चाहिँ मन्त्रालयको सङ्ख्या नबढाउने अडानमा छ । 

एमाले नेता खगराज अधिकारीले प्रदेशमा मन्त्रालय नबढाउने दोहोर्‍याए । पूर्वमुख्यमन्त्री समेत रहेका उनले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताए । पोखरामा नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेशले प्रकाशन गरेको स्मारिका विमोचन गर्दै उनले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताएका हुन् । 

`देशभरि प्रदेश संरचनाबारे नकारात्मक टिप्पणी भइरहेको छ । यस्तो बेलामा मन्त्रालय थप्दा झन् विरोध हुन्छ,´ उनले भने, `अहिले जति मन्त्रालय छ, थप्न हुँदैन ।´ मुख्यमन्त्री पाण्डेले मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्‍याउन लागेका उनको आरोप छ ।

केन्द्रीय गठबन्धन परिवर्तन भएको एक महिना बितिसक्दा गण्डकी प्रदेशमा सरकार पुनर्गठनको टंगो छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप