बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

धर्म परिवर्तनले चिन्तित गराएको छ : अनिरुद्धाचार्य

शनिबार, १९ साउन २०८१, १८ : १९
शनिबार, १९ साउन २०८१

काठमाडौँ । भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराजले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा पवित्र ठाउँ भएको बताएका छन् । ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा प्रवचनका लागि शनिबार नै काठमाडौँ आइपुगेका अनिरुद्धाचार्यजी महाराजले नेपाली सबै जनता प्रकृति र संस्कृतिसँग जोडिएको बताएका हुन् । 

उनले आफ्नो जातलाई लिएर एकअर्कालाई हेला गर्न नहुने बताए । सबै मानव जाति एक भएको उल्लेख गर्दै जातका आधारमा भेदभाव र छुवाछुत गर्न नहुने बताए । उनले नेपालमा पछिल्लो समय धर्म परिवर्तनका घटना धेरै बढ्दै गएको समेत दाबी गरे । यसरी धर्म परिवर्तन गर्दै लगे नेपाल हिन्दु राष्ट्र नरहने बताए । 

उनले नेपाल र भारतका केही जनता आफ्नो देशमा बसेर अन्य देशको प्रशंसामा बढी समय खर्चिरहेको बताए । जुन माटोमा हामी बस्छौं त्यो माटो माथि विश्वासघात गर्न नहुने उनको सुझाव थियो । 

उनले नेपालको सबैभन्दा नजिकको मित्र भारत रहेको बताउँदै नेपाल  र  भारतबिचको सम्बन्ध सधैँ असल रहने बताए । भारतका कारण नेपालको  अर्थतन्त्र मजबुत हुँदै आएको दाबी गरे । 

उनले चीन(चिनियाँ नागरिक) नेपालमा आए कहिले पनि पशुपति र गण्डकीको दर्शन नगर्ने  पनि बताए । उनले नेपालको धर्मसँग चीनको केही सम्बन्ध नरहेको जिकिर गरे ।

मानव सेवा फाउन्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भाग लिन र पशुपतिको दर्शनका लागि शनिबार नै उनी नेपाल आएका हुन् । उनी शनिबार नै फर्किने तालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप