अलैँचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो
![अलैँचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो](https://npcdn.ratopati.com/media/news/alaichi_TLxRM4sfY6.jpg)
इलाम । इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको हो ।
देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए । केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैँची बिरुवा लगिएका छन् । केन्द्रले रामसाही र गोलसाही जातको अलैँचीका बिरुवा उत्पादन गरी बेचेको परियारले जानकारी दिए ।
अलैँची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैँचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ ।
‘पछिल्लो समय अलैँची (फल)को उच्च मूल्यमा कारोबार भएपछि किसानले अहिले बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन् । अलैँची अहिले ८५ हजार रुपैयाँ प्रतिमनले कारोबार भइरहेको छ । गएको आर्थिक वर्ष ०८०।०८१ मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको अलैँची निर्यात भएको केन्द्रले जनाएको छ । देशको १७ हजार चार हेक्टरमा अलैँची खेती भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटीहोम विवादमा महानगरलाई ट्रष्टको जवाफ : जग्गा भाडामा दिन महानगरलाई सोध्नुपर्दैन
-
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
-
यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर
-
एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ : प्रधानमन्त्री ओली