महराले हटाएको मुख्यमन्त्री सम्पर्क कार्यालय आचार्यले ब्युँताए

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलको सम्पर्क कार्यालय तथा निवास पुनः सञ्चालनमा ल्याएका छन् । बुटवल उपमहानगरपालिका ८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा ०७४ सालदेखि रहेको मुख्यमन्त्री सम्पर्क कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।
दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरू लगिए पनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको थियो ।
बुटवलमा प्रदेश प्रमुखको कार्यालय पनि रहेको र अन्य धेरै सरकारी कार्यालयसँगको समन्वयमा काम गर्नुपर्ने हुँदा बुटवलमा सम्पर्क कार्यालय राखिएको मुख्यमन्त्री आचार्यको निजी सचिवालयले जनाएको छ ।
सचिवालयले मुख्यमन्त्री आचार्य हरेक शुक्रबार बुटवलमा आउने समेत बताएको छ ।
यसअघि सम्पर्क कार्यालय राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो । यद्यपि हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सम्पर्क कार्यालयको व्यवस्था गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता