राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा

ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन् । राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाले आरोप लगाए ।
पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिवार कुमारिपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको बताए ।
विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाई राखेको, दबाब र प्रभाव बढाउँदै लगेको चर्चा गर्दै राष्ट्रियता सङ्कटमा पर्दा देशको अस्तित्व रक्षाको लागि हामीले राजा सहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत उनले स्पष्ट पारे । राप्रपा नेपाल परिवर्तनको विरोधी शक्ति नभएको बताउँदै अध्यक्ष थापाले निरन्तरता सहितको परिवर्तन जरुरी भएको बताए ।
कुनै पनि देशले आफ्नो धर्म ,संस्कृति र मूल्य मान्यताको रक्षाबिना प्रगति नगर्ने भन्दै विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधीनताको रक्षा नहुने थापाको दाबी थियो । कार्यक्रममा डा.विष्णु भण्डारी ,राजाराम बर्तौला ‘चुनेली’ र सुदर्शन केसीले पनि बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश