विमल भौकाजीसहित नौ जनालाई सम्मान गर्दै पन्त स्मृति प्रतिष्ठान

काठमाडौँ । पन्त स्मृति प्रतिष्ठानले नृत्यकला, चित्रकला, हास्यव्यङ्ग्य, समालोचना, समाजसेवालगायत विविध नौ विधामा स्थापना गरेका पुरस्कार आगामी शुक्रबार प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तले आज जारी गरेको विज्ञप्तिअनुसार सदिच्छा बाल प्रतिभा पुरस्कार पूर्णिमा सिंहलाई, सीताश्री स्मृति सम्मान विनय हुमागाईंलाई, रु ५० हजार राशिको गोपालराज पन्त स्मृति सम्मान नरनाथ लुइँटेललाई, रामराज पन्त स्मृति सम्मान किरण आचार्यलाई प्रदान गरिने भएको छ ।
बाल प्रतिभा पुरस्कारको राशि रु दश हजार छ भने सीताश्री स्मृति सम्मानको राशि रु २० हजार छ । यसैगरी लोक संस्कृतितर्फको मैँया वासु पन्त स्मृति पुरस्कारबाट डा निर्मला पोखरेल, रु ५० हजार राशिको बन्धु पन्त स्मृति पुरस्कारबाट विमल भौकाजी, टीका मुकुन्द पन्त स्मृति पुरस्कारबाट युवराज मैनाली, रु दश हजार राशिको आमा इन्दिरा पन्त स्मृति सम्मानबाट सरिता अर्याल त्यतिनै राशिको सुशीला पन्त स्मृति बाल साहित्य पुरस्कारबाट सुशीला देउजालाई सम्मान गरिने छ ।
यही साउन २५ गते राजधानीमा आयोजना हुने प्रतिष्ठानको २३औँ वार्षिकोत्सवमा संस्कृतिविद् डा. जगमान गुरुङले ती पुरस्कार तथा सम्मान प्रदान गर्ने अध्यक्ष पन्तले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो, तीन दिन शोक घोषणा
-
पत्रकार कार्कीको आँखाको अवस्था कस्तो छ ?
-
वर्ल्डलिंकले एकैपटक गर्यो राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर नियुक्त
-
सप्तरीमा बस दुर्घटना, ३ जनाको मृत्यु
-
क्यानडामा कारले भिडलाई ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु
-
भारत छाड्ने अन्तिम दिन रुँदै फर्किए पाकिस्तानी