भारतीय कथावाचक अनिरुद्धाचार्य काठमाडौँमा

काठमाडौँ । भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौँ आइपुगेका छन् ।
नेपालको इतिहासमा हालसम्मको ठुलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागी हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आशीर्वचन पनि राख्ने छन् ।
महाराज स–परिवारसहित नेपाल आएको र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराजले बताए ।
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन् ।
उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौँ भक्तजनहरूको सहभागिता हुने गरेको छ । डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य महाराज भारत प्रस्थान गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण
-
ह्वात्तै घट्यो मूल्यवृद्धि, कहाँ कस्तो छ अवस्था ?
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो