सना बनिन् बिग बोस ओटीटी ३ को विजेता
![सना बनिन् बिग बोस ओटीटी ३ को विजेता](https://npcdn.ratopati.com/media/news/image-(3)_aJTmMeYW8r.png)
मुम्बई । मोडल तथा अभिनेत्री सना मकबुल ‘बिग बोस ओटीटी ३’ को विजेता बनेकी छिन् । शुक्रबार भएको ग्रान्ड फिनालेमा सानाले र्यापर नेजीलाई पराजित गरेकी हुन् । विजेताका रूपमा सानाले ट्रफी र २५ लाख रुपैयाँ हात पारिन् ।
ट्रफी जितेपछि साना भावुक बनेकी थिइन् । उनले त्यहाँ उपस्थित आमालाई अँगालो हालिन् । सनाकी बहिनी र कथित प्रेमी श्रीकान्त बुरेड्डी पनि उनलाई समर्थन गर्न सेटमा उपस्थित थिए।
र्यापर नेजी फर्स्ट र रणवीर शोरी यस सिजनका सेकेन्ड रनरअप बने। कृतिका मलिक र साई केतन राव पहिले नै शीर्ष ५ बाट बाहिर भएका थिए ।
इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा सानाले भनिन्, ‘म शोको पहिलो दिनदेखि नै ट्रफी जित्न चाहन्थेँ र निरन्तर प्रयासरत थिएँ । आज जब मैले यो जितेको छु, म धेरै आभारी छु । धेरैले मेरो बारे टिप्पणी गरिरहे तर आज मैले यो ट्रफी जितेर सबैलाई जवाफ दिएको छु ।’
सना तीन कारणले शोमा चर्चामा रहिन् । र्यापर नेजीसँगको उनको सामीप्य, रणवीर शोरेसँगको उनको रमाइलो सम्बन्ध र युट्युबर शिवानी कुमारीसँगको उनको बहस ।
सना बिग बोस ओटीटीमा आउनुअघि 'खतरों के खिलाडी ११' को प्रतियोगी पनि थिइन् । सनाले 'कितनी मोहब्बत है २' र 'इस प्यार को क्या नाम दूँ' जस्ता टिभीमा धेरै शो गरिसकेकी छन्।
उनले सन् २०१४ मा तेलुगु फिल्म 'डिक्कुलु चुडाकु रमैया' बाट साउथ डेब्यू गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा कुनै क्षति भएको छैन : मन्त्री यादव
-
बाँझो जग्गामा सामूहिक आलुखेती
-
नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
-
२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन
-
केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल