पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याइनेछ : प्रधानमन्त्री
शनिबार, १९ साउन २०८१, १० : ४७
१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याउन सरकार लागिपरेको बताएका छन् ।
थाइ एयर एसियाले शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको उल्लेख गर्दै उनले पोखरा र भैरहवा विमानस्थलको प्रयोगमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाइने बताए ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्–'पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ। हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकेका छौँ। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत
-
नामिबियासँग केही लागेन नेपालको, २३ रनले हार्यो
-
प्रतिनिधिसभामा गणपूरक सङ्ख्याबारे प्रश्न उठेपछि...
-
कर्मचारीको संख्या आधामा झार्दैछ अमेरिकी शिक्षा मन्त्रालय
-
समाजवाद उन्मुख शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ : प्रचण्ड
-
इसेवाबाट 'होली केयर' सार्वजनिक