९/११ हमलाका अभियुक्तहरूसँग गरिएको प्रि-ट्रायल सम्झौता रद्द
वासिङ्टन । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ९/११ हमलाका अभियुक्तहरूसँग गरिएको पूर्वपरीक्षण सम्झौता रद्द गरेका छन् । रक्षामन्त्री अस्टिनले शुक्रबार सम्झौतामा हस्ताक्षर गर्ने अदालतका अधिकारीलाई पनि निलम्बन गरिने बताएका हुन् ।
मूल सम्झौतामा कथित रूपमा आरोपितलाई मृत्युदण्डको माग नगर्ने भनिएको थियो, जसको केही पीडित परिवारहरूले विरोध गरेका थिए। अस्टिनले जारी गरेको मेमोमा हमलाको मुख्य योजनाकार खालिद शेख मोहम्मदसहित पाँच जनाको नाम छ भने मूल सम्झौतामा तीन जनाको नाम थियो।
अस्टिनले ब्रिगेडियर जनरल सुसान एस्केलियरलाई लेखे, ‘आरोपीहरूसँग भएको पूर्व-परीक्षण सम्झौताको महत्त्वलाई ध्यानमा राख्दै, मैले निर्णय गरेको छु कि त्यस्ता निर्णयहरूको जिम्मेवारी मेरो वरिष्ठ अधिकारीको रूपमा मसँग हुनुपर्छ। त्यसैले, म तपाईंबाट यो अख्तियार फिर्ता लिन्छु र मेरो अख्तियारको प्रयोग गर्दै, म सबै तीन पूर्वपरीक्षण सम्झौताहरू रद्द गर्दछु।’
यसअघि बुधबार ह्वाइट हाउसले यस सम्झौतामा आफ्नो कुनै संलग्नता नभएको बताएको थियो।
सन् २००१ को सेप्टेम्बरमा न्युयोर्कको ट्वीन टावरमा आत्मघाती हमला भएको थियो । अल कायदाका १९ जना आतङ्कवादीहरूले अमेरिकाका चार यात्रुवाहक विमान अपहरण गरेका थिए ।
पहिलो दुई विमान न्युयोर्कको ट्वीन टावरमा ठोक्काइएको थियो भने तेस्रो विमान पेन्टागनमा क्र्यास गरिएको थियो । चौथो विमान पेन्सिलभेनियामा दुर्घटनाग्रस्त भएको थियो । घटनामा करिब ३ हजार जनाको मृत्यु भएको थियो ।