बालबालिकाको गोपनीयतामा ‘व्यापक’ आक्रमण गरेको भन्दै टिकटकविरुद्ध नयाँ मुद्दा
वासिङ्टन । अमेरिकी सरकारले टिकटकविरुद्ध नयाँ मुद्दा दायर गरेको छ । सामाजिक सञ्जाल कम्पनीले गैरकानुनी रूपमा बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको र आमाबाबुले आफ्ना बच्चाहरूको खाता मेटाउन खोज्दा प्रतिक्रिया दिन असफल भएको आरोप लगाएको छ।
कम्पनीको अभ्यासहरूले बालबालिकाको गोपनीयतामा ‘व्यापक’ आक्रमण गरेको अमेरिकी न्याय विभागले जनाएको छ । कम्पनीले १३ वर्षभन्दा कम उमेरका व्यक्तिहरूको लागि जानकारी सङ्कलन गर्न अभिभावकको सहमति लिन आवश्यक रहेको कानुनको अवहेलना गरेको विभागको भनाई छ ।
अधिकारीहरूले टिकटक र अभिभावक कम्पनी बाइटडान्सले पटक-पटक यस्तो अपराध दोहोर्याएको पनि बताएका छन् । सन् २०१९ मा पनि कम्पनीविरुद्ध यस्तै उजुरी आएको थियो ।
तर, टिकटकले यी दाबीहरू अस्वीकार गर्दै बालबालिकाहरूको सुरक्षाको लागि आफ्नो प्रयासमा ‘गर्व’ रहेको बताएको छ । कम्पनीले सक्रिय रूपमा नाबालिग प्रयोगकर्ताहरूलाई हटाएको र स्वैच्छिक रूपमा पूर्वनिर्धारित स्क्रिन-टाइम सीमाहरू र नाबालिगहरूका लागि अतिरिक्त गोपनीयताजस्ता सुरक्षाहरू राखेको दाबी गरेको छ।
‘हामी यी आरोपहरूसँग असहमत छौँ । यसमध्ये धेरै विगतका घटनाहरू र अभ्यासहरूसँग सम्बन्धित छन् जुन वास्तविक रूपमा गलत छन् वा सम्बोधन गरिएको छ,’ एक प्रवक्ताले भने, ‘बालबालिकालाई जोगाउने हाम्रो प्रयासमा हामी गर्व गर्छौँ । हामी प्लेटफर्म अपडेट र सुधार गर्न जारी राख्नेछौँ ।’
उजुरीले टिकटक र चिनियाँ मूल कम्पनी बाइटडान्समा दबाब बढाएको छ । पहिले नै कम्पनी देशबाट प्रतिबन्ध लगाउने कानुनको बारेमा अमेरिकासँग लडिरहेको छ ।
-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव