छायाङ्कन अगावै ‘होस्टेल ३’को प्रदर्शन मिति घोषणा, ‘माग्ने बुढा’का छोरा आशिषले डेब्यु गर्दै
काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र 'होस्टेल ३’ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए ।
यसअघि प्रमुख भूमिकामा पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन् । अब यो चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे । आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् ।
आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पिता सँग ‘धुन्धुकारि’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । उनी सो शृङ्खलामा निकै चर्चित थिए ।
यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । हेना थियटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन्। उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन्। चलचित्र ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन् ।
होस्टेलु चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ । ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए ।
त्यस्तै, 'होस्टेल रिटर्न्स'बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौलालगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन् । वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको 'होस्टेल रिटर्न्स' घरेलु बक्स अफिसमा सफल भएका थिए।
होस्टेल ३को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । ‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ।
यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् । लाइन प्रोड्युसर भेषराज गौतम हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
-
संविधान संशोधनमा ओलीको ‘मिसन–०८७’ : सत्तामा सङ्कट आएको विपक्षी दलहरूको विश्लेषण
-
प्रेस सेन्टर ललितपुरको अध्यक्षमा अर्याल चयन
-
रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने
-
अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु
-
प्रेस सेन्टर रुपन्देहीको अध्यक्षमा पोखरेल चयन