बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
पर्यटन

नयाँ पर्यटकीय गन्तव्य बन्दै शिवपुरी डाँडाको धाप ड्याम (तस्बिरहरू)

शनिबार, १९ साउन २०८१, ०६ : ३८
शनिबार, १९ साउन २०८१

काठमाडौँ । पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै गएको छ। 

बर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले ड्याम निर्माण गरिएको भए पनि काठमाडौँबाट नजिकै रहेको मनमोहन ताल पर्यटकको रोजाइमा पर्ने गरेको हो । 

ड्याम करिब १३ हेक्टरमा फैलिएको छ । ड्याम अवलोकन गर्न आउने पर्यटकहरूले तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजन अनुसार विभिन्न हिमशृङ्खलाहरू र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृश्यहरूको समेत अवलोकन गर्न सक्नेछन् ।

धाप बाँध पुग्न शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ । सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै अघि बढ्ने यात्राको क्रममा कागेश्वरी मन्दिरको दर्शन गर्नुको साथै बाटोमै पर्ने मडिचुड दहको अवलोकन पनि गर्न सकिन्छ । त्यसै गरी धाप ड्याम बाट ३ किमी को दुरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना खाजा खाएर पुन काठमाडौँ फर्कन सकिन्छ ।

dhap dyam (5)

चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको हुनाले आफ्नै सवारी साधनको प्रयोग गरेर पनि धाप ड्याम पुग्न सकिन्छ । चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ ।

धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, मोटरसाइकल-स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरी २५० रुपैयाँ तिर्नुपर्छ ।

dhap dyam (3)

‘पर्यटकका लागि अहिले कुनै पनि आवश्यक पूर्वाधारहरू बनिसकेका छैनन् । केही समयमा सार्वजनिक शौचालय, ड्यामको हेरचाहका लागि भ्यू पोइन्ट लगायतका आवश्यक पूर्वाधारहरूको निर्माण कार्य सुरु भई रहेको छ । फोटो लाइब्रेरी

dhap dyam (1)dhap dyam (2)dhap dyam (4)dhap dyam (7)dhap dyam (8)dhap dyam (9)dhap dyam (10)dhap dyam (11)dhap dyam (12)dhap dyam (13)dhap dyam (15)dhap dyam (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप