फ्रान्सले अर्जेन्टिनालाई हराउँदा मैदानमा कुटाकुट

पेरिस । तिक्तताले भरिएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स पुरुष ओलम्पिक फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार फ्रान्स १–० गोलले विजयी भएको हो ।
आयोजक राष्ट्र सेमिफाइनल प्रवेश गरिरहँदा खेल सकिएपछि दुवै टोलीका खेलाडी र प्रशिक्षकहरू मैदानमा नै भिड्न पुगेका थिए । पछिल्लो समय दुई टोलीबिच तनाव बढ्दो छ । गत १४ जुलाईमा कोपा अमेरिका जितेपछि अर्जेन्टिनी खेलाडीहरूले फ्रान्सका अश्वेत खेलाडीविरुद्ध रङ्गभेदी गीत गाएको भिडियो सार्वजनिक भएको थियो ।
खेलको सुरुवातमा नै अर्जेन्टिनाका राष्ट्रिय गान बज्दा फ्रान्सका समर्थकहरूले त्यसविरुद्ध हुटिङ गरेका थिए । खेलपछि दुई टोलीबिच हात हालाहालकै स्थिति बन्यो ।
खेलको पाँचौँ मिनेटमा माइकल ओलीसेको कर्नरलाई हेडमार्फत जाली चुमाउँदै जिन फिलिपे माटेटाले फ्रान्सलाई जित दिलाए । पहिलो हाफमा गुलियानो सिमियोनी अर्जेन्टिनाका लागि बराबरी गोल फर्काउने अवसरबाट चुकेका थिए । उता, खेलको अन्त्यतिर फ्रान्सले गरेको गोल भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।
फ्रान्सले पछिल्लोपटक सन् १९८४ मा ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । टोलीले सोमबार हुने सेमिफाइनलमा इजिप्टको सामना गर्नेछ ।
उता, सन् १९३६ मा इटालीपछि विश्वकप र ओलम्पिक जित्ने पहिलो टोली बन्ने अर्जेन्टिनाको सपना भने चकनाचुर बनेको छ ।
यसै गरी जापानलाई ३–० गोलले हराउँदै स्पेन पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । टोलीले सोमबार मोरक्कोसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता