चीनमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

बेइजिङ । दुई साताअघिको भीषण वर्षापछि उत्तरी चीनको राजमार्ग पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता भएका छन् ।
उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा ‘अचानक आएको मुसलधारे पानी र बाढीका कारण’ आंशिक रूपमा भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले त्यसबेला जनाएको थियो ।
यो पुलको तीन लेनको खण्ड नदीमा खस्दा कार र ट्रकहरू बगेको सीसीटीभीले देखाएको छ । सिन्ह्वाका अनुसार शुक्रबार अधिकारीहरूले मृतकको सङ्ख्या १२ बाट बढाएर ३८ पुर्याएका छन् । २४ जना अझै बेपत्ता छन् । सिसिटिभीको रिपोर्टअनुसार पुल भत्किँदा २५ वटा सवारीसाधन बगेका छन् । चीनको पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छ भने उत्तरको अधिकांश भाग लगातार गर्मीको लहरमा डुबेको छ ।
मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भासिँदा ४८ जनाको मृत्यु भएको थियो । यस हप्ताको भारी वर्षाले मध्य चीनमा पनि कम्तीमा ३० जनाको मृत्यु भएको छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी
-
प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाटै पठाइने
-
६ किलो अवैध चाँदी प्रहरीद्वारा बरामद
-
गण्डकी सरकारले सुरु गर्यो आयोजना बैंक, ५० लाखभन्दा माथिका योजना कार्यान्वयन गर्ने
-
लेकतर्फ लाग्दै भेडाका बथान
-
डिजिटल कर्णाली कन्क्लेभ : डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास