विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा
शुक्रबार, १८ साउन २०८१, २१ : ५१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुमित रौनियारका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतको २०८० असोज २२ गतेको फैसला गरेको थियो । आयोगले प्रतिवादी बनाएकालाई विशेष अदालतले गरेको फैसला कानुनसम्मत नभएको र त्रुटिपूर्ण रहेको जिकिर गर्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले काठमाडौँको टेकु पुल निर्माणमा अनियमितता भएको ठहर गर्दै रौनियारलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले दायर गरेको मुद्दाको २०८० असोज २२ गते फैसला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर