पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
काठमाडौँ । नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उनको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गरेका थिए । दश वर्षे सशस्त्र द्वन्द्वका समयमा २०६० साल भदौ ११ गते क्षत्रीमाथि तत्कालीन विद्रोही माओवादीका लडाकुले आक्रमण गर्दा घाइते भएका थिए । गोली प्रहारबाट स्पाइनल कर्ड इन्जुरी भएपछि उनले सधै ह्वीलचियरको जीवनयापन गर्न बाध्य छन् ।
क्षत्रीले सेनामा सेवामा ४० वर्ष भोगेका अनुभवदेखि आफ्ना जीवनमा आइपरेका उतारचढावलाई समेटेर पुस्तक निकालिएको फुयालले बताए । जीवन सुन्दर छ, किताबको शीर्षकजस्तै आत्मकथामा लेखकको इमानदारीता झल्किएको उनले उल्लेख गरे ।
पत्रकार यात्रीले जीवनदेखि निराश हुनेका लागि क्षत्रीको आत्मकथा प्रेरणादायी कृति हुने सुनाए । पुस्तकमा लेखकले जतिसुकै कठिनाई आइपरे पनि जीवन सकारात्मक कार्यबाट सुन्दर बनाउन सकिने उदाहरण दिएको उनले बताए ।
सेनापति शर्माले भने क्षत्रीको सेनामा सेवावृत्त हुँदादेखि नै सक्रिय र सिर्जनात्मक स्वभाव रहँदै आएको विगत स्मरण गराए । उनका इमानदारी, प्रष्ट वक्ता र क्रियाशीलता प्रशंसनीय रहेको बताए । लेखक क्षत्रीले पुस्तकमा आफ्नो पुर्खाले राज्यमा दिँदै आएको योगदानदेखि, बाल्यकाल अवस्था, सेनामा सेवारत हुँदाका अनुभव र शारीरिक रुपले असक्त भएपछि जीवनमा आएका उतारचढावका विषय आत्मकथामा समेटेको सुनाए ।
“जीवनमा सधै एउटै लयमा चल्दैन रहेछ”, उनले भने,“मेरो भोगाइले पाठकलाई प्रेरणा मिल्छ भने म सफल भएको ठान्छु ।” यात्रा पब्लिसिङ हाउसले पुस्तक प्रकाशनमा ल्याएको हो । किताब जात्रा शनिबारसम्म रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’